माघ २३ गते। जनकपुरधाममा दुर्गा प्रसाईको वृहत आमसभा हुने भएको छ। बैंक,लघुवित तथा सहकारीको नितीगत अत्याचार विरुद्ध हिन्दु राष्ट्र सहितको माग सहित जनकपुरधाममा वृहत आमसभा हुने लागेको अभियानका मध्यमाण्चल संयोजक गणेश कुमार साहले बताए ।
राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ अभियानले मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २५ गते जनकपुरधामको बारहविघामा दुर्गा प्रसाईको प्रमुख अतिथ्यतामा आमसभा हुने जनाएको छ । अभियानका मध्यमाण्चल संयोजक गणेश कुमार साहले यस सभाबाट बैंक तथा लघुवितहरुको अत्याचारको भण्डाफोर गरि सरकारलाई जनताको ऋण माफ गर्नका लागि घुँडा टेकाउने बताए । यस अभियानले विगत एक वर्ष देखि आफनो अभियान संचालन गर्दै आएको र यसमा लाखौ जनताको सहभागीता भईसकेकोले अभियानलाई सार्थकता बनाउन सबैको सहभागीता आवश्यक रहेको बताए । उनले भने,‘अभियानको १८ वटा बुंदा मध्ये हिन्दु राष्ट्रको माग पनि एक रहेको तर राजा फर्काउने कुरा हाम्रो अभियान अन्तरगत रहेको छैन,विश्वको एकमात्र हिन्दु मुलुकलाई पुनः फर्काउने र यसबाट कुनै जाती धर्मलाई कुनै फरक पर्नेछैन ।’मुलुकका लागि संघियता अभिशापको रुपमा भएकोले संघियतालाई समाप्त पार्दै जनतालाई अर्थतन्त्र धान्ने नाउमा करको भारीबाट उन्मुक्ति दिलाउनु अभियानको संकल्प रहेको उनले बताए ।

















Discussion about this post