माघ २१ गते। सिरहाको लहानमा रहेको लिलामदन हस्पिटल एण्ड प्रसृति गृहको सम्पूर्ण सेवा अनिश्चित कालको लागि बन्द गरिएको छ।

नगरपालिकाले शुक्रवार अस्पताल सञ्चालन अनुमति पत्र लगायतका कागजात सहित २४ घण्टा भित्र उपस्थित हुन पत्राचार गरेका थिए। नगरले पत्र साथ उपस्थित हुन भनेपनि अस्पताल सञ्चालकका तर्फबाट चिकित्सक दिलिप कुमार साह आफै उपस्थित भई हाल लाई सवै स्वास्थ्य सेवाहरु बन्द गरिने बताएको लहान नगरपालिकाले जनाएको छ।
पालिकाले माँग गरेबमोजिमको कागजात समेत पछि पेश गर्ने व्यहोरा सहितको निवेदन चिकित्सक साहले पेश गरेको नगरपालिकाले जनाएको छ।
पालिकाबाट गएको अनुगमनमा समेत अस्पताल सञ्चालनकोलागि आवश्यक मापदण्ड समेत अपुग देखिएकोले हाललाई अर्को व्यवस्था नभएसम्मका लागि अस्पतालको सम्पूर्ण सेवा बन्द रहने नगरपालिकाले जनाएको छ।
केही दिन अघि मात्रै अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको थियो। अस्पतालमा पटक पटक विवादित गतिविधि भएकाले नगरपालिकाले अस्पतालसँग कागजात माग गरेको थियो। अस्पतालले कागजात पछि बुझाउने भन्दै तत्काल सेवा बन्द गर्ने निवेदन नगपालिकामा पेश गरेको बताएको छ।

















Discussion about this post