गिरिजानन्द/जनकपुरधाम/माघ २० गते । लियो क्लबको दोस्रो काउन्सिल मिटिङ तथा लियो क्ल्ब अफ जनकपुरधामको इन्सटलेशन र इन्डकशन कार्यक्रम भव्यताको साथ समपन्न भएको छ ।
शुक्रबार जनकपुरधामको होटल भन्सा घर मा लियो क्लब अफ जनकपुरधामको आयोजनामा लियो क्लबको दोस्रो काउन्सिल मिटिङ सम्पन्न भएको हो।लियो डिष्ट्रिक काउन्सिल ३२५ एफ नेपालको दोस्रो काउन्सिल मिटिङको लियो डिष्ट्रिक काउन्सिल ३२५ एफ को अध्यक्ष लियो युवराज पराजुली को अध्यक्षता र इन्सटलेशन र इन्डकशन कार्यक्रम लियो विकाश साह को अध्यक्षतामा भएको छ।
काउन्सिल मिटिङको उद्घाटन प्रमुख अतिथी लायन्स डिष्ट्रिक काउन्सिल ३२५ एफ को गभर्नर लायन्स शिव कटुवालले पानसमा बत्ती बालेर गर्नु भएको थियो । युवाहरुले सकरात्मक सोचका साथ अगाडि बढे समाजमा धेरै परिर्वतन संम्भव हुने र लायन्सको संस्थाको बारेमा प्रकाश पार्दै संस्थाको स्वरुप र बर्ष २०२४ को लक्ष्यको बारेमा अध्यक्ष कटुवालले बताउनु भयो । फेलोशिप र लिड़रशिपमा घेरै कार्यहरु सम्पादन गर्न लियो क्लब अफ जनकपुरधाम सफल भएकोमा प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा गभर्नरले नयाँ लियो सदस्यहरुलाई शपथग्रहण गराई सदस्य मान्यता दिनुभयो र बर्ष २०२४ का पदाधिकारीहरुलाई पदस्थापना गराउनु भएको थियोे। साथै नयाँ लियो सदस्यहरुलाई सर्टिफिकेट वितरण गर्नुभएको थियो।
कार्यक्रममा अतिथीहरु जनकपुरधाम उपमहानगरपालिकाका पुर्व मेयर लाल किशोर साह,लायन्स डिष्ट्रिक काउन्सिल ३२५ एफ को पुर्व गभर्नर लायन्स मधुकर उपाध्याय,लियो डिष्ट्रिय काउन्सिल ३२५ एफ को अध्यक्ष युवराज पराजुली, लियो डिष्ट्रिय काउन्सिल ३२५ पि को अध्यक्ष सरोज महतो,लायन्सका पुर्व अध्यक्षहरु ऋषिकेश साह,हरि राउत,राम नगिना राउत,रामबाबू गुप्ता,अमित साह,रमन साह,लायन्स क्लब जानकी को अध्यक्ष नरेश साह,उद्योग बाणिज्य संघ जनकपुरधामका बरिस्ठ उपाध्यक्ष मनिष रमण साह,लायन्स क्लब राजधानी को अध्यक्ष प्रमोद साह,शंकर साह लायन्स कर्मीहरु र लियोहरु को उपस्थित रहेको थियो। कार्यक्रममा आउनु भएका प्रमुख अतिथी र अतिथिहरुलाई मायाको चिनो दिएर सम्मान गरिएको थियो। साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने स्पोन्सरको र मिडिया पार्टनर सजिलो पोस्ट अनलाईन लाई मायाको चिनो दिएर सम्मान गरिएको थियो।
लियो क्लबको दोस्रो काउन्सिल मिटिङमा लियो डिष्ट्रिक काउन्सिल ३२५ एफ को ६ वटा लियो क्लबहरुबाट १ सय ३५ जना युवाहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा डिष्ट्रिकको तर्फ बाट आउट स्ट्यान्डिङ अवार्ड लियो क्लब अफ जनकपुरधाम लाई प्रदान गरियो भने आउट स्ट्यान्डिङ काउन्सिलर अवार्ड लियो क्लब अफ जनकपुरधामको अध्यक्ष लियो विकाश साह आई प्रदान गरिएको थियो।
काउन्सिल मिटिङ लियो डिष्ट्रिक काउन्सिल ३२५ एफ नेपालका जिल्ला अध्यक्ष युवराज पराजुली को अध्यक्षतामा भएको थियो भने लियो डिष्ट्रिक काउन्सिल ३२५ एफ नेपालका सचिव प्रतीक्षा अधिकारी ले संचालन गरेका थिए । साथै इन्सटलेशन र इन्डकशन कार्यक्रममा आकाश साह को स्वागत र लियो क्ल्ब अफ जनकपुरधामको सचिव लियो विकाश साह को संचालनमा सम्पन्न भएको थियो ।


















Discussion about this post