माघ १८ गते। बलरामा एक युवतीको घरमै शव फेला परेको छ ।
मृत्यु हुनेमा सर्लाही जिल्ला बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छिन् ।
बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी मंगलबार राति घरमै मृत फेला परेको सर्लाहीका एसपी प्रविन धितालले जानकारी दिए ।मृतक पूजा देवीको घाँटीमा डाम देखिएकाले घटना शंकास्पद रहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रविन धितालले जानकारी दिए ।
घटना हुनुअघि घरमा विवाद भएको जानकारी समेत स्थानीयबाट पाएको प्रहरीले जनाएको छ । घटना अनुसन्धानका लागि मृतक पूजा देवीकी सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएको एसपी धितालले बताए ।

















Discussion about this post