माघ १३ गते । जनकपुरमा पार्किंग गरि राखेको एक अटो रिक्सामा अज्ञात व्यक्तिद्वारा आगजनी गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका ४ मा सडक छेउमा पार्किंग गरि राखेको हरिनन्दन कापरको अटो रिक्सा बिहान उठ्दा जलेको अवस्थामा पाइएको छ । आगजनीले रिक्सामा धेरै क्षति पुगेको छ ।
केही महिना अघि मात्र उनले आफूले एक एक गरी जम्मा गरेको रकम, पैँचो र ऋण लिइ अटो रिक्सा किनेर जीवन यापन गर्दै आएका थिए ।
जनकपुरमा अटो चलाएर उनको परिवारको छाँक टर्ने गरेको थियो ।अटो रिक्सामा आगजानीपछि उनी समस्यामा परेका छन् । दोषीलाई पत्ता लगाएर कारबाही तथा क्षतिपुर्ति उपलब्ध गराइदिन प्रहरीलगायत सबै पक्षसंग गुहार गरेका छन् ।

















Discussion about this post