माघ ८ गते । आज (जनवरी २२) मा भारतको बहुचर्चित मन्दिर राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । मन्दिर पूरा निर्माण नसकिएपनि रामको मूर्तिलाई धार्मिक विधिअनुसार प्राण प्रतिष्ठा गरिएको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा कार्यक्रममा मुख्य भूमिका निर्वाह गरेका थिए । सो समारोहमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथ, राजनीतिक दलका नेता, कलाकार, खेलाडी र उद्योगपति लगायत १ हजार बढीले सहभागीता जनाएका थिए ।
२८ हजार स्क्वायर फिटमा फैलिएको मन्दिरलाई भारतकै सबैभन्दा ठूलो मन्दिर मानिएको छ । रड प्रयोग नगरिएको यो मन्दिर बनाउन २५८७ गाउँबाट माटो ल्याइएको बताइएको छ । मन्दिरको प्राण प्रतिष्ठामा सम्भावित भिडभाडलाई रोक्न भारत सरकारले भारतभरका मन्दिरमा बसेर कार्यक्रममा सहभागी हुन आग्रह गरेको थियो ।
मन्दिरको गर्भ गृहमा मुख्य पूजासहित प्राण प्रतिष्ठा गरिएस्को हो । प्राण प्रतिष्ठा लगत्तै भारतीय वायुसेनाको हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो ।कार्यक्रमको सुरुवातमा सोनु निगम, अनुराधा पौडवाल, शंकर महादेवन लगायतका गायक–गायिकाले राम भजन गाएका थिए ।





















Discussion about this post