पुस २० गते। सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुने बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साह रहेका छन् । आन्दोलनकारीले उनको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको दावी गरेका छन् ।
स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले कर्फ्यु आदेश जारी गरेका हुन् ।
आज (शुक्रबार) बेलुका साढे ५ देखि भोलि (शनिबार) बिहान ८ बजेसम्म बरहथवा नगर क्षेत्रको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती-चोर्निया पुल क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।
सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको स्तरोन्नति गर्ने/नगर्ने विषयमा भएको आन्दोलन अनियन्त्रित भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
Discussion about this post