सिरहा । सिरहामा पराल हालेर जलाएको अवस्थामा एक युवकको शव फेला परेको छ । आज धनगढीमाई नगरपालिका-६ स्थित गागन खोलामा जलाएको अवस्थामा अन्दाजी २६ वर्षीय युवकको शव फेला परेको हो ।
पराल झारपातले शव जलाउन खेजिएको जस्तो देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको छ ।
घटनास्थलको प्रकृति हेर्दा हत्या गरेर हतारहतार जलाउने खोजेको जस्तो देखिएको प्रहरीले जनाएको छ। घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post