मंसिर २८ गते। सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले लोसपाका प्रदेश सभा सांसद अभिराम शर्मालाई दोषी ठहर गरेको छ।
जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उनीसहित सात जनालाई जन्मकैद र एम्बुलेन्स जलाएको आरोपमा ६ महिना थप कैद गर्ने सजाय सुनाएको हो।
जिल्लाले एमाले सांसद लक्ष्मी महत्तो कोइरी र पवन कापरलाई भने सफाइ दिएको महोत्तरी जिल्ला अदालतकी श्रेस्तेदार नूतन झाले जानकारी दिइन्।
यस्तै लक्ष्मी महतो कोइरी र पवन कापर सफाई पाएका छन् । एम्बुलेन्सको आगजनी मुद्दामा पनि दुबैजनाले सफाई पाउने फैसला भएको श्रेस्तेदार झाले बताइन् ।
फरार रहेका प्रतिवादीहरुको हकमा मुल्तवी गरिएको छ । लक्ष्मी महतो यो मुद्दामा म्याद गुजारेर फरार रहेका थिए भने पवन कापर पुर्पक्षका लागि जेलमा छन् ।
सो मुद्दामा तीनजना पुर्पक्षका लागि थुनामा छन् भने चारजना तारेखमा रिहा भएका थिए । दुईजना तारेख गुजारेर बसेका छन् । १९ जना भने फरार रहेका छन् ।
कर्तव्य ज्यान मुद्दामा संदीप साह माझी, संजय कुमार साह र पवन कापर अदालतको आदेशमा पूर्वक्षका लागि थुनामा छन् ।
त्यस्तै लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामाशंकर मिश्र, सुरेश पाण्डे र धर्मेन्द्र राय साधारण तारेखमा छुटेका थिए ।
यो मुद्दाका अभियोगीहरु रमेश प्रसाद साह, सतेन्द्र चौधरी, चन्देश्वर साह, राजु चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रविन्द्र राम चमार, रञ्जित साह, विकी साह, फुले यादव, रोहित कुमार शर्मा, लालबाबु बिन, सम्भु साह, अनित ठाकुर, अनिल ठाकुर, देवेन्द्र यादव र कौशल कुमार यादव फरार छन् ।
मधेश आन्दोलनका क्रममा असई विक घाइते भएका थिए। उनलाई एम्बुलेन्समा अस्पताल लैजाँदै गर्दा बीच बाटैमा आन्दोलनकारीले निकालेर कुटपिट गर्दा उनको ज्यान गएको थियो ।

















Discussion about this post