सप्तरी/मंसिर १६ गते । सप्तरीमा ट्रकले मोटरसाइकलमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका ४ स्थित कुशहा–कदमाहा सडक खण्डमा शनिबार बिहान ट्रकले ठक्कर दिदा एक जना मोटरसाइकलमा सवार युवकको घटनास्थलमै मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ख०३६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको अनटेष्ट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार सुरुङ्गा नगरपालिका ५ बस्ने ३५ वर्षिय मोहम्मद हारुनको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक चालक उदयपुरको कटारी नगरपालिका ९ बस्ने बिक्रम राई तथा ट्रकलाई नियन्त्रणमा लिई स्थानीयलाई सम्झाई बुझाई गरेपछि आवागमन सुचारु भएको र घटनाबारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए । घटना पश्चात आक्रोशित स्थानीयले केहीबेर सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए ।

















Discussion about this post