सिरहा/कार्तिक २१ गते। सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले सिरहाको लाहानबाट अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
सोमबार एउटा ९ एमएमको अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नियन्त्रणमा लिइएकाहरू सप्तरीको सुरूंगा नगरपालिका-८ बस्ने ३१ वर्षीय अनिल राम, सोही नगरपालिका-५ बस्ने ३० वर्षीय जीवानन्द चौधरी र खडक नगरपालिका-४ बस्ने ३५ वर्षीय सञ्जयप्रसाद चौधरी छन्।
हतियार बोकेर हिँडेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले लाहान नगरपालिका(१ राजमार्गबाट दुईवटा गोली लोड भएको अटोमेटिक पेस्तोल बरामद गरेको हो।
त्यस्तै, १ लाख ८४ हजार २ सय ५३ रूपैयाँ, ४ थान मोबाइल, नेपाल टेलिकमको २२ थान सिमकार्ड, एनसेलको सिमकार्ड १४ थान, नेपाल टेलिकमकै ५० रूपैयाँ दरको २६ हजारको र १ सय दरको ९६ हजारको रिचार्ज कार्ड बरामद भएको छ।
यसैगरी उनीहरू सवार स९प ४९७१ नम्बरको मोटरसाइकल र ३ लाख ४२ हजार ५ सय रूपैयाँ बराबरको एनसेलको रिचार्ज कार्डसमेत बरामद भएको छ। उनीहरू विभिन्न अपराध र फिरौतीमा संलग्न भएको बुझिएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
Discussion about this post