गिरिजानन्द/जनकपुरधाम/कार्तिक १ गते। जनकपुरधाममा कार्तिक ३ गते शुक्रबार जनकपुर झिजिया फेस्टिभल हुने भएको छ।
आगामी शुक्रबार जनकपुरस्थित रेल्वे स्टेशनको प्राङग्रणमा झिजिया महोत्सवको आयोजना गरिने आयोजक नव मिथिला फाउन्डेसनले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परालाई पछ्याउँदै झिझिया आयोजना गर्न लागेको फाउन्डेसनका फाउन्डेसनका अध्यक्ष अमित कुमार साहले बताए ।साथै बिस्तारै लोप हुदै गइरहेको यी संस्कृति र संस्कारको जगेर्ना र नयाँ पुस्तामाझ यसको महत्त्व पुष्टि गर्नु अभिप्रायले महोत्सव गर्न लागेको साह ले बताए।

उनका अनुसार महोत्सवमा सुरुमा वक्ताहरूले लोप हुँदै गइरहेको झिझियाको विगत, वर्तमान र भविष्यबारे चर्चापरिचर्चा गर्ने रहेको छ। उक्त कार्यक्रममा सुनिल कुमार मल्लिक,राम भरोस कापडी,राम नारायण ठाकुर र शान्ति सदा वक्ताहरु रहने छ्न भने कार्यक्रम संचालन पत्रकार प्रतिभा झा ले गर्नेछ्न।

फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालका अनुसार पहिलोपटक पाँच सय जना टाउकोमा झिझिया घैंटा राखेर नाच्ने छन् । जसमा केही झिझिया टीम र जनकपुरका कलेजका छात्राहरु एकै लयमा झिझिया नाच्ने उनले बताए ।
नव मिथिला फाउन्डेसनले विगत पाँच वर्षदेखि जनकपुर साहित्य महोत्सव आयोजना गर्दै र यस वर्षदेखि नयाँ प्रयासको रुपमा ‘जनकपुर झिझिया महोत्सव’आयोजन गर्न लागेको हो ।

















Discussion about this post