जनकपुरधाम/असोज १२ गते। जनकपुरधाममा गौहत्याको बिरोधमा साधुसन्तहरुले र्यालीसहितको विरोध प्रर्दशन गरेका छन् ।
आज दिउँसो जानकि मन्दीर को प्राङ्गण बाट निस्केको र्याली नगरको विभिन्न भागमा परिक्रमा गरि गर्दै रामचौकमा गएर कोणसभामा गरेको थियो ।
देशका विभिन्नमा भागमा गौहत्या भइरहँदा पनि सरकार मौन रहेको भन्दै साधुसन्तहरुले र्यालीसहितको विरोध प्रर्दशन गरेका थिए।
जानकी मन्दिरका छोटा महन्त रामरोशन दास बैष्णबले हिन्दुहरुको माता जस्तै रहेको गाईको संरक्षणका लागि संविधानमै धारा उपधारा उल्लेख रहेपनि यसै देशमा गाईलाई मारेर भोज गर्नु र खुल्लेआमा प्रचार गर्नु अपराध रहेको भन्दै आफुहरुले विरोध गर्न परेको बताएका छ्न ।
उनले संविधान निर्माता र संरक्षक सरकार, सांसदहरुले नै गो हत्याको विरोध र संरक्षण गर्नुपर्नेमा राजनिति, विदेशी रकम र भोटको लोभमा मौन भएपनि आफुहरु नै सडकमा उत्रन बाध्य हुनुपरेको भन्दै उनीहरु आजको कार्यक्रमबाट सचेत गराएको छ ।
उनले गौहत्या गर्नेमाथि सरकारले कारबाही नगरे र गौ हत्या बन्द नभए आफुहरु कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

















Discussion about this post