असोज १२ गते। विशेष अदालतले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले आज उनीसहित २ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।
विशेष अदालतका सदस्यहरू यमुना भट्टराई, बलभद्र बास्तोला र डा खुशीप्रसाद थारुको इजलासले गुप्तासहित इञ्जिनियर रामचन्द्र साहलाई पनि भ्रष्टाचारी ठहर गरेको हो।
विशेषले दुवैलाई ७०/७० हजार जरिवाना र ६/६ महिना कैद हुने फैसला सुनाएको छ। उनीहरूमाथि एक लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेषले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका उनले ५ हजार ३९२ मत प्राप्त गरेका थिए । अख्तियारले मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए भने नगरपालिका उप मेयर अनिताकुमार चौधरीले सम्हाल्दै आएकी छन्।

















Discussion about this post