जनकपुरधाम/असोज ११ गते । प्रहरीले जलाउन लागेको अवस्थामा युवतीको शव बरामद गरेको छ ।
सर्लाही जिल्लाको रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल शाहकी पत्नी २१ वर्षीया मनिषा शाहको शव अनुसन्धानका लागी नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पंजियारले बताए । मनिषाको मृत्यु शंकास्पद देखिएपछि त्यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
शवसँगै मनिषाका श्रीमान् सुनिल साह, ससुरा रामेश्वर र देवर रामबाबुलाई नियन्त्रणमा लिएर अनुसनधान अघि बढाइएको एसपी सुवेदीले जानकारी दिए।
मनिषाले आत्महत्या गरेको दाबी गर्दै बुधबार शव जलाउनका लागि मनुषमारा घाटस्थित चितामा समेत राखिएको थियो। तर मनिषाका आफन्तले आत्महत्या नभई हत्या भएको हुन सक्ने आशंका गर्दै प्रहरीलाई खबर गरेपछि शव नियन्त्रणमा लिइएको हो।
मनिषाको आफन्तको रोहबरमा पोस्टमार्टमको तयारी भइरहेको एसपी सुवेदीले बताए।

















Discussion about this post