जनकपुरधाम/असोज ११ गते । नेकपा एमालेको मधेश प्रदेश कमिटीको अधिवेशन आगामी असोज २४ र २५ गते जनकपुरधाममा हुने भएको छ।
मधेश प्रदेशको प्रथम अधिवेशनको लागि एमालेले नारा र लोगो समेत सार्वजनिक गरेको छ । बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गरि एमालेका मधेश प्रदेश अध्यक्ष रामअवतार यादवको अध्यक्षचामा पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोले संयुक्त रुपमा नारा र लोगो सार्वजनिक गरेका हुन् ।
अधिवेशनका लागि प्रदेशका ८ वटै जिल्लामा पार्टी सदस्यता नविकरण, नयाँ सदस्यता वितरण, २३ वटै जनसंगठनको प्रदेशस्तरीय अधिवेशन सम्पन्न भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
एमाले अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ राखेको छ ।अधिवेशनका लागि विभिन्न समिति र उपसमिति समेत बनाइएको छ ।




















Discussion about this post