असोज १० गते। एक १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरीका एक युवक पक्राउ परेको छ।
पक्राउ पर्नेमा सप्तरी जिल्लाको राजबिराज नगरपालिका-३ बस्ने ३४ वर्षीय आसुतोष तिवारी रहेको छ। उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई उनकै घरकोठामा गत भदौ ३० गते साँझ तिवारीले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

















Discussion about this post