असोज ४ गते । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आज २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
नतिजाअनुसार ७५ हजार ८९७ जना (६६.९७ प्रतिशत) को ग्रेड वृद्धि भएको छ । कार्यालयले साउन २६ र २७ गते सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षामा १ लाख १३ हजार ३१३ परीक्षार्थी सहभागी भएका थिए ।
ग्रेडवृद्धि परीक्षाको नतिजामा कुनै विषयको ग्रेडमा चित्त नबुझे पुनर्योग गर्न चाहने परीक्षार्थीहरूले १५ दिनभित्रमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ वा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) मा निवेदन दिन सक्ने बोर्डले जनाएको छ ।
प्रकाशित नतिजामा प्राविधिक वा अन्य कुनै कारणले त्रुटि भई नतिजा प्रकाशन हुन नसकेको भए एकाइको सिफारिसमा ६ महिनाभित्र यस कार्यालयमा निवेदन दिनुपर्ने बोर्डले बताएको छ ।















Discussion about this post