असोज २ गते । चिर्पट प्रहार गरी बुबाको हत्या गरेको आरोपमा कपिलवस्तुमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कपिलवस्तु वाणागंगा नगरपालिका ८ पुलचोक बस्ने २६ वर्षीय विकास परियार रहेका छन् ।
सोमबार राति उनलाई इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले पक्राउ गरेको हो।
घरयासी विवादका क्रममा ६० वर्षीय बुबा बलबहादुर परियारलाई चिर्पट प्रहार गरी घाइते बनाएका थिए। उपचारको क्रममा सामुदायिक अस्पतालमा मृत्यु भएपछि विकासलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।
Discussion about this post