जनकपुरधाम/भदौ २९ गते । जनकपुरधाममा सडकको नालामा खसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखिया छन् ।
बिहानै उठेर साढे ६ बजे घर अगाडी खेलिरहेका बालक छेउको नाला (चेम्बर)मा खसेका थिए । परिवारजनले खोजविन गरेपछि मुख तल र खुट्टा मात्रै थोरै देखिएको अवस्था भेटिएको स्थानीय अम्रिता मण्डलले बताइन् । निकाल्दा बच्चाको मृत्यु भइसकेको थियो ।नाला निर्माण गर्दा ढक्कन नहालेको ठाउँमा खसेर बालकको मृत्यु भएको स्थानीयहरुले बताएका छ्न।
स्थानीय नथुनी मण्डलका अनुसार मधेश प्रदेश सरकारको बजेटमा दुई वर्ष अघि ढलान भएको सडकमा नालाको लागि बनाइएको चेम्बरमा ढक्कन लगाइएको छैन ।
ठेकेदार र उपमहानगरपालिकाकालाई पटक पटक ढक्कन लगाउन आग्रह गर्दा पनि अहिलेसम्म नलगाइएको र बच्चा त्यसको सिकार भएको स्थानीयले बताए । बच्चाको मृत्युुले गाउँ शोकमग्न बनेको छ ।
Discussion about this post