भदौ १० गते । गाई का टेको आरोपमा तीनजना प क्राउ परेका छन् ।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–६, कमलबोटका २९ वर्षीय रमेश नेपालीसहित तीनजना छन् । शनिबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगेर काट्दै गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Discussion about this post