भदौ ६ गते। नेपालको स्मार्ट ड्राइभिङ लाइसेन्सलाई हाल ४५ देशले मान्यता दिएको उनले जानकारी दिए । “स्मार्ट भएकै कारण, त्यसमा रहेको ‘रिडेबल चिप’का कारण ती देशले नेपालको लाइसेन्स पत्याएका छन्,” उनले भने ।
यसले विभिन्न देशमा रोजगारी र अध्ययनका लागि जाने नेपालीलाई सहज भएको विभागको बुझाइ छ ।
अमेरिका, अष्ट्रेलिया, खाडीलगायतका मुलुकमा नेपालको लाइसेन्सले नै त्यहाँ रहँदा निश्चित समयका लागि काम गर्छ । उनका अनुसार त्यसपछि त्यहीँको कानुनअनुसार नयाँ लाइसेन्स प्रक्रिया थाल्नुपर्ने हुन्छ । यसले नेपालको लाइसेन्सको विश्वास बढाएको उनको भनाइ छ ।
Discussion about this post