श्रावण २८ गते। धनुषाको शहिदनगर नगरपालिकामा कार्यरत एक इन्जिनियरसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास स्थित कार्यालयबाट खटेको टोलीले घुसको रकम सहित आज प क्राउ गरेको छ ।
अख्तियारको टोलीले विशेष सूचनाको आधारमा उक्त पालिकाका इन्जिनियर रमेश कुमार चौधरी र सहयोगी गरुदेव यादवलाई पक्राउ गरेको अख्तियारका बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुवाङ्गले जानकारी दिनु भएको छ ।
गोठकोयलपुरका विद्यालयको पर्खाल निर्माणको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचना पाएर पुगेको र अख्तियारको बर्दिबास कार्यालयको टोलीले १ लाख रुपैयाँ नगद र १ लाख ७५ हजार रुपैयाँको चेकसहित इन्जिनियर चौधरीसँगै उनका सहयोगी गुरुदेव यादव पक्राउ परेका छन् । शहिदनगर नगरपालिका वडा नं. ३ स्थित पशु सेवा केन्द्रको भवनबाट उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको क्षेत्रीय कार्यालय बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले बताउनुभएको छ ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि टोलीले आफ्नो साथमा लगेको छ ।

















Discussion about this post