गिरिजानन्द/जनकपुरधाम/श्रावण २७ गते। जनकपुर जेसिजले शनिबार ’इफेक्टिभ पब्लिक एसपिकिङ्ग’ तालिम सञ्चालन गरेको छ ।

युवाहरूको नेतृत्व गर्ने क्षमतामा अभिवृद्धि हुने उद्देश्य लिएर तालिमको आयोजना गरिएको जनकपुर जेसिसका अध्यक्ष जेसी अभिषेक चौधरीले बताए । साथै समाज समृद्धि बनाउका लागि राम्रो नेतृत्वकर्ताको आवश्यकता हुने र नेतृत्वकर्ता राम्रो वक्ता पनि हुनुपर्ने भएकाले प्रशिक्षण सहयोगी हुने वहाँले वताए ।

तालिममा युवाहरूलाई पूर्वराजदूत तथा नेपाल जेसिजका पूर्वअध्यक्ष जेसीआई सिनेटर महेश दाहालले प्रशिक्षण दिनु भएको थियो भबे तालिममा जनकपुर जेसिसका सदस्यहरू, युवाहरू, विद्यार्थीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा विभिन्न दलमा आबद्ध युवा नेताहरू सहभागी भएका थिए ।

कार्यक्रममा जेसी प्रदीप चौधरी, जेसी प्रभा दाहाल, जेसी मनिषरमण साह, जेसी रमेशकुमार साह, जेसी जितेन्द्र महासेठ, जेसी नासिर अहमद, जेसी तुलसी पंजियार लगायतको सहभागीता रहेको थियोे।



















Discussion about this post