सर्लाही/श्रावण २१ गते। सर्लाहीको मलंगवाको एक विद्यालयमा एक युवक मृ त फेला परेका छन् ।
सर्लाहीको सदरमुकाम मलंगवास्थित कृष्णामति माविमा आइतबार अन्दाजी ३० वर्षिय अपरचित एक युवक मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
स्थानीयले शवदेखेपछि आज बिहान प्रहरीलाई खबर गरेका थिए । मृतकको शवमा कुनै प्रकारको घाउचोट नदेखिएको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धानले अधिक मात्रामा लागुऔषध सेवनले निजकाे मृत्यु भएकाे जनाइएको छ । शवलाई पोस्टमार्टमको लागी प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।














Discussion about this post