सप्तरी/श्रावण १९ गते । सप्तरीको रुपनी गाउँपालिका-६ भटनियाँमा शुक्रबार झुन्डिएको अवस्थामा एक युवकको श व फेला परेको छ ।
स्थानीय सबुरलाल सरदारको छोरा ३५ बर्षीय कैला सरदार झुन्डिएको अवस्थामा मृ त भेटेको हो । घरदेखी ५ सय मिटर पश्चिम रहेको सिमलको रुखमा गम्छाको पासो लागाई झुन्डिएको अवस्थामा देखेपछि स्थानियले २ बजे बिहान प्रहरीलाई खबर गरेका थिए ।
बिहान शवलाई पोष्टमार्टमका लागि राजबिराज स्थित गजेन्द्र नारायन सिंह अस्पताल ल्याएको र घटना बारे थप अनुसन्धान कार्य शुरु जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।















Discussion about this post