सप्तरी/श्रावण १८ गते । सप्तरीको सप्तकोशी नगरपालिका १, खोरियाटोलमा बिजुलीको पोल ढल्दा सर्वसाधारणको घरमा क्षति पुगेको छ । गत मङ्गलबार राती करिब ९ वजे पोल ढल्दा हरिबहादुर खड्काको घरमा क्षति पुगेको हो ।
एक वर्षअघि चट्याङ लागेर जीर्ण अवस्थामा रहेको पोल सामान्य हावा चल्दा ढलेको स्थानीय बताउँछन् । पडित हरिबहादुरका अनुसार पोलमा चट्याङ लागेर जीर्ण अवस्थामा पुगेको र जुनसुकैबेला ढल्न सक्ने विषयमा विद्युत कार्यालय र वडा कार्यालयमा समेत जानकारी गराईएको थियो । पटकपटक पोल फेर्दिन आग्रह गर्दा समेत वेवास्ता गरिएको उहाँको गुनासो छ ।
विद्युत कार्यालयका कर्मचारी र वडा कार्यालयका जनप्रतिनिधिको वेवास्ताका कारण आफनो घरमाथि पोल ढलेको उहाँको गुनासो छ । घट्ना भवितव्य नभएर वेवास्ताका कारण भएकाले त्यसको क्षतीपूर्ती आफूले पाउनुपर्ने उहाँको माग छ ।















Discussion about this post