महोत्तरी/श्रावण १४ गते । महोत्तरीको सोनमा गाउँपालिका वडा नं ५ खैरबनीको पोखरीमा डुबेर शनिबार दुई बालिकाको ज्या न गएको छ।
ज्या न जानेमा सर्लाहीको गोडैता नगरपालिका वडा ९ को महेश मलि डोमको ४ वर्षकी छोरी चञ्चला कुमारी मलि डोम र सितामाढीं रामनगर पन पाखर ग्रामको रामभजन मलि डोमको ५ वर्षकी छोरी अर्चना कुमारी मलि डोम रहेका छन्।

दुवै जना पोखरीमा एकै पटक डुबेका र मृ त्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाका ईन्र्चाज मनोज यादवले जानकारी दिए। अर्चना र चञ्चला दुबई आमाको साथमा मामा गाउँ खैरबनीमा गेरुका मेला हेर्न आएका थिए।
दुवै बालिका १ बजेदेखि ४ बजे सम्म सम्पर्कविहीन भएपछि खोज तलास तीव्र गर्दा घरकै सामने रहेको रामविनय यादवको पोखरीमा नुहाउने क्रममा पानी मुनि हिलोमा फसेको अवस्थामा ५ बजे फेला परेका थिए।
दुबै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।














Discussion about this post