सप्तरी/श्रावण १२ गते । सप्तरीमा एक युवकको ह त्या भएको छ भने अर्का एक युवक गम्भीर घाइते छन् ।

सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ७ मनसापुर गाउँ नजिक हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वाका २१ वर्षीय तिर्कनारायण मण्डलको शव हिलोमा फेला परेको र अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता नरेशकुमार सिंहका अनुसार ‘घटनास्थलको प्रकृति हेर्दा युवकको हत्या नै भएको देखिन्छ । अर्का युवक घाइते छन् । घटना कति बेलाको हो त्यो खुल्न सकेको छैन,’ प्रवक्ता सिंहले भने ।
उनका अनुसार स्थानीयले आज बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे बिस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार घाइते युवककाे तत्काल राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको तथा घटनाको अावश्यक थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।















Discussion about this post