श्रावण ४ गते । सप्तरीमा एक युवकले बिँडी नदिएको निहुँमा एक जनाको ह त्या गरेको खुलेको छ ।
सप्तरी कञ्चनरुप नगरपालिका ८ बेरियर चौकमा रहेको बस बिसौनीको प्रतिक्षालयमा गत असार ३१ गते बिहान परिचय नखुलेको मागी खाने अन्दाजी ६०र६५ वर्षीय पुरुष मृतक फेला परेका थिए ।
उनलाई चिरपट प्रहार गरि हत्या गरिएको प्रहरीको आशंका थियो ।ईलाका प्रहरी कार्यालय कञ्चनरुपले अनुसन्धान गर्दै जाँदा उनको हत्यामा कञ्चनरूप नगरपालिका १० बदगमा टोलका २८ वर्षीय मनोज पासवानको संलग्नता रहेको खुलेको प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए ।
मनोजलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । डिएसपी रायका अनुसार मागी खाने व्यक्ति प्रतिक्षालयमा सुती बिँडी खाइरहेको र आफूलाई पनि खान मन लागेपछि मनोजले एउटा बिडी मागेका थिए । तर मागिखाने व्यक्तिले बिडी नदिई तथानाम गाली गलौज गर्न लागेपछि आवेगमा छेउमा राहेको बाँसको लाठीले उनको टाउकोमा चारर पाँच लाठी प्रहार गरि भागेको मनोजले बयान दिएको डिएसपी रायले बताए ।
मनोज उपर कर्तव्य ज्यान मुद्दामा कानुन बमोजिम कारबाही गर्ने सप्तरी प्रहरीको तयारी छ । अनलाइनखबर















Discussion about this post