विनोद मण्डल/श्रावण २ गते। सप्तरीमा बालिका बला त्कृत आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।
सप्तरी जिल्लाको कंचनरुप – १२ कि एक नावालिकालाई डर धम्की देखाउदै जबरजस्ती क रणी गर्नेहरु – कैलाश पोख्रेल (आदेश दिने), दिपेश सुवेदी, सुदिप भुजेल, मनोज विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पिडितले असार ३१ गते राति मात्र आफ्ना अभिभावकलाई उक्त घटनाका वारेमा वताएकी थिइन । जानकारी पश्चात उक्त घटनामा सम्लग्न बिपक्षीहरुलाई पक्राउ गरी कानुन बमोजिम कार्यवाही गरि पाउ भनि पिडित र अभिभावकले ईप्रका कन्चनपुर सप्तरीमा मिति २०८०।०४।०१ गते लिखित जाहेरी दरखास्त सहित उपस्थित भए पश्चात प्रहरीमा जानकारी आए लगतै उक्त घटनामा संलग्न सवै जनालाई ई.प्र.का. ठेलियाको टोलिले तत्कालै नियन्त्रणमा लिएको थियो ।
उनीहरु विरुद्द “जवरजस्ती करणी सम्वन्धी कसुर” मा अनुसन्धान प्रकृया शुरु गरी म्याद थपका लागी सम्मानित सप्तरी जिल्ला अदालत पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।















Discussion about this post