सप्तरी/श्रावण २ गते। दुई देशको नागरिकता लिएको प्रकरणमा पक्राउ परेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादवलाई अनुसन्धानका लागि हिरासतमा राख्न चौथो पटक म्याद थप गरिएको छ ।
दुबै पक्षको जिकिरपछि सोमबार सप्तरी जिल्ला अदालतबाट यस्तो अनुमति प्रदान गरिएको छ । यो सँगै नागरिकता कसुर सम्बन्धी मुद्दामा उपप्रमुख मीरालाई थप अनुसन्धान गर्न चौथो पटक ७ दिनको म्याद थपिएको छ ।
यसअघि अदालतले असार २१ गते तीन दिन, असार २४ गते पाँच दिन र असार २८ गते चार दिन उपप्रमुख मीरालाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न म्याद थपेको थियो ।
सोही मुद्दाका अर्का आरोपि उनका पति महेन्द्र अझै फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक नरेन्द्र कुमारी कार्कीले जानकारी दिए ।
उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको दाबी गर्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मिरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ ।















Discussion about this post