असार १९ गते । नागरिकता कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
उनीहरूविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
सोही नगरपालिका वडा न.– ४ का ३५ वर्षीय कृष्णकुमार यादवले वारेसमार्फत मुद्दा दायर गरेका थिए। उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौलनिवासी रहेको दाबी गरिएको छ।
सप्तरीकाे डाक्नेश्वरी नगरपालिकाकी उपमेयरले दाेहराे नागरिकता लिएको भन्दै सन्चारमाध्यममा पटक पटक समाचारहरु आएपछि पक्राउ पुर्जी जारी गरिएको छ ।
यसअघि आइतबार जनकपुर उच्च अदालतले दुबै जनाविरुद्ध नागरिकतासम्बन्धी कसुरमा मुद्दा दर्ता गर्न परमादेश दिएको थियो ।















Discussion about this post