सप्तरी/असार १६ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवबिरुद्ध नागरिकता प्रकरणमा शुक्रवार मुद्दा दर्ताको भएको छ ।
उच्च अदालत जनकपुरको राजविराज इजलासले जेठ ५ गते जिल्ला प्रहरी कार्यालयका नाममा आदेश दिएपछि शुक्रवार मुदा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले बताए ।
भारतीय नागरिक मीरा नेपालको नागरिकता लिई उपमेयरसमेत बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै डाकनेश्वरी नगरपालिका ३ का कृष्णकुमार यादवले परमादेशको माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमाथि सुनुवाई गर्दै उच्च अदालतले यस्तो आदेश गरेको थियो ।
निवेदक कृष्णकुमार यादव र विपक्षी जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तरीसमेत भएको परमादेश रिट निवेदनमा विपक्षीमध्येका जिल्ला प्रहरी कार्यालय, सप्तरीका नाममा परमादेशको आदेश जारी हुने ठहरी यस अदालतबाट जेठ ५ गते आदेश भई उक्त आदेश अनुसार ३ गते प्रमाणीकरण गरि सरकारी वकिल मार्फत जिल्ला प्रहरी कार्यालयमा पत्र पठाएर मुद्दा दर्ता गरेको हो । शुक्रवार निवेदक कृष्णकुमार यादवले सनाखत गरि मुद्दा दर्ता गराएको बताए ।
उपप्रमुख मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको भन्दै ०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मीरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नागरिकता लिएको उजुरीमा उल्लेख छ।
भारतको भोटर लिष्टमा समेत मीराको नाम रहेको दाबी उजुरीमा गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेस गरेको शपथपत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाणसमेत उजुरीका साथमा समावेश गरिएको छ । स्रोत-माई सन्चार बाट















Discussion about this post