सप्तरी । सप्तरीमा विष सेवनबाट २० वर्षिय एक युवकको मृ त्यु भएको छ।
मृ त्यु हुनेमा सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका २ सिद्धपुरका लताई सदाका २० वर्षिय छोरा सुरेश सदा रहेको छन।
प्रहरीको अनुसार अल्मोनियल अक्सोसाईड नामक विषादि सेवन गरेका सुरेशलाई उपचारको लागि बिराटनगर लैजादै गर्दा ईनरुवामा मृत्यु भएको हो। सुरेश सदा बैरागी जनता माध्यमिक बिद्यालय फत्तेपुरमा कक्षा १२ मा अध्यनरत थिए ।
सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शव परिक्षण पछी परिवारको जिम्मा लगाएको तथा घट्ना बारे थप अनुसन्धान भैइरहेको फत्तेपुर प्रहरी चौकीले जनाएको छ।















Discussion about this post