जनकपुरधाम/असार ६ गते । जनकपुरधाममा चर्चित मास्टर सेफ सन्तोष साहको मिथिला थाली सञ्चालनमा आएको छ । मंगलबार जनकपुरधाम उपमहानगरपालिका रामानन्द चोकमा मिथिला थाली नामको होटेल शुभारम्भ भएको छ ।
जनकपुरधाममा पहिलो पटक मिथिला खाना परिकार सहितको विशिष्ठ होटल ‘मिथिला थाली’ संचालनमा आएको हो । बासको व्यवस्थासहित सेफ साहले जनकपुरधाममा पहिलो पटक होटेल सञ्चालनमा ल्याएका छन् ।
एक करोड ८० लाखको लागतमा होटेल बनाइएको छ ।होटेलको हरेक समानमा मिथिला झल्किाइएको छ । मिथिलाको परिकारलाई स्थापित गर्ने उद्देश्यले होटल सञ्चालन गरेको सेफ साहले बताए । उनका अनुसार हिमालय ग्लोबल इन्भेष्टमेन्ट कम्पनीको होटेलमा लगानी छ । सो कम्पनीले मिथिला थालीको पाँच वर्षमा पाँच सय शाखा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । दोस्रो छिट्टै कतारको दोहामा सुरु गरिने उनले जनाए । मिथिलाको श्रमिकहरुलाई लक्षित गरी त्यहाँ होटेल सञ्चालनमा ल्याउन लागिएको छ । ‘मिथिलाको परिकारहरु उपेक्षामा पर्न थालेको छ । नयाँ पुष्ताले र्बिसिँदै गइरहेको छ,’उनले भने,‘हामीले मिथिला खाना स्वाद फर्काउने प्रयास गरेका छौं ।
अन्तराष्ट्रियस्तरमा ख्याति कमाएका मास्टर सेफ सन्तोष साहले संचालनमा ल्याएको उक्त मिथिला थाली होटलमा विशुद्ध मिथिला परिकारका खाना पाइनुका साथै खाना परिकारका सरसमानहरु समेत त्याहाँ उपलब्ध हुने जनाइएको छ ।
बढदो आधुनिकतासँगै विलुप्त हुँदै गएको मिथिलाको परिकार बथुवा सागको बिरियाको सब्जी, तिलौरी, दनौरी, फुलौरी, ओलको तरकारी, बडीकढी लगायतका परिकारलाई ताजापन गर्न र विश्वस्तरसम्म पुरयाउने उद्देश्यले मिथिला थाली नामक होटल संचालनमा ल्याइएको संचालक साहले बताए ।
उनले भने, ‘जनकपुरधाम हाम्रो मिथिलाको प्रमुख केन्द्रबिन्दु भएकाले यहाँबाट हामीले सुरुवात गरेका छौं । ५ वर्षभित्र नेपालका काठमाडौ, धरान, नारायणघाट, नेपालगञ्ज लगायतका प्रमुख शहर सहित देशमा एक सय मिथिला थाली शाखाको बिस्तार गर्ने तयारीमा छौं । भात दाल खानेहरुका लागि एउटै गन्तब्यका रुपमा विकास गर्न आफु मातृभुमि जनकपुरधामबाट यस्को थालनी गरेको उनले बताए ।
साथै उनले नेपाल, मधेश, भारत सहितका भात दाल प्रेमी मान्छेहरुको बाक्लो उपस्थिती रहेको दोहा कतार गरी देशविदेशमा पनि मिथिला खाना परिकारको यस्ता होटेल तथा रेष्टुरेन्ट संचालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिए । साहले मिथिला खानाको परिकारलाई देशका पहाड र हिमाल भेग सहित विदेशमा समेत पहिचान बनाउन मिथिला थाली एउटा ब्राण्ड बनाउन खोजेका बताए ।
सो मिथिला थाली होटलमा घर जस्तै परम्परागत रुपमा माटोको चुल्होमा पकाउने, तरकारीको मसला सिलौटामा पिसेर प्रयोग गर्ने, बिरिया, तिलौरी, फुलौरी र आमको आचार बजारबाट नकिनेर गाउँघरमा बनाइएको किनेर प्रयोग गर्ने साहले बताए । मिथिला खाना शुद्ध शाकाहारीका साथै मंसाहारीतर्फ मिथिलाको पहिचान माछाको विशेष परिकार थालीको आर्कषण रहने उनले जनाए ।
शाकाहारीतर्फ मात्र २ सय ५० रुपैयामा दाल, भात, बिरिया सहितका अन्य तरकारी, भुजिया, पापर, साग, चोखा, आचार, दही, बडकढी, सेबई खिर सहित २७ प्रकारका परिकार दिइने साहले जानकारी दिए । उनले यो दररेट सबैको पहुँच हुने गरी राखिएको बताए । हाम्रो यस अभियानले मिथिला र मधेशको चेलीबेटीहरुलाई रोजगार र घरेलु उत्पादनमा सहभागिता भई आम्दानीको स्रोत हुने बिश्वास उनको छ । उनले यस्ता रेष्टुरेन्टहरुमा एकल महिलाहरुलाई ग्राहयता दिएर जिविको पार्जन र उनीहरुको सम्मान बढाउन अग्रसर हुने बताए ।
सेफ साहले आम्दानीको प्रत्येक तीन रुपैयाँमा एक रुपैयाँ स्थानीय समाज कल्याणमा खर्च गरिने अवधारणा रहेका बताए । आम्दानीबाट केही रकम स्थानीय बाल आश्रम र अनाथ आश्रममा दिइने उनको भनाई छ । मूल्यमा पनि एकरुपता ल्याउने उनले बताए । दुई सय पच्चास रुपैयाँमा शाकाहारी खानाको १७ परिकार खुवाइने छन् । मांसाहारी र शाकाहारीको छुट्टाछुट्टै किचेन राखिएको छ ।
तीन सय जना अटाउन हल र सात वटा कोठाको समेत व्यवस्था छ । होटेलमा मिथिला खाना पाउनुको साथै मिथिलाका केही कच्चा परिकार बिक्रीको लागि पनि राखिएको छ । सिजन अनुसार अरकोच, ओल, आलसको तीलौरी लगायतको परिकार होटेलबाटै सस्तो मूल्यमा बिक्री गर्ने उनले बताए ।

















Discussion about this post