जनकपुरधाम/जेठ २६ गते। गर्मी बढेसँगै जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप तीन दिन आकस्मिक गर्मी बिदा दिइएको छ।
जेठ १९ गतेदेखि २६ गतेसम्म बिदा दिएकोमा थप ३ दिन बिदा दिने निर्णय भएको शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख अन्जु पाण्डेले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाकी शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख अन्जु पाण्डेयले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएकी हुन्।
जनकपुरधाम उपमहानगरपालिको निर्णयानुसार हाल बढ्दो अत्यधिक गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बिदाको समयअवधि बढाइएको उनले जानकारी दिइन्।
तर, मौसममा सुधार नआएकाले पुनः २७ गतेदेखि २९ गतेसम्म वर्षे बिदाबाटै कट्टा हुने गरी पठनपाठन बन्द रहने सूचनामा उल्लेख छ।















Discussion about this post