बैशाख २२ गते । महोत्तरी जिल्ला प्रहरीमा कार्यरत लेखापाल विनोद विष्ट २ लाख रुपैयाँ घुस लिएको आरोपमा नयाँ बानेश्वरबाट प क्राउ परेका छन् ।
घुस लिन महोत्तरीदेखि काठमाडौँ आइपुगेका प्रहरीका एक सई प क्राउ परेका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सई विनोद विष्टलाई बुधबार पक्राउ गरेको हो ।
उनको साथबाट अख्तियारको टोलीले घुस बापतको ५० हजार नगद र डेढ लाख रुपैयाँ चेक बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत विष्टले भवन निर्माणसम्बन्धी ठेक्काको म्याद थपका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरी परेको थियो ।
सोही घुस लिन उनी महोत्तरीदेखि आएकामा बानेश्वरबाट पक्राउ परेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए ।















Discussion about this post