nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीका अधिकाश स्थानीय तहमा भ्रष्टाचारको जालो, राजविराज नगरपालिका लथालिङ्ग अवस्थामा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २५, २०७९, १२:११ मध्यान्ह
सप्तरीका अधिकाश स्थानीय तहमा भ्रष्टाचारको जालो, राजविराज नगरपालिका लथालिङ्ग अवस्थामा

राजविराज/चैत २५ गते । सिंहदरबारका रूपमा गाउँ–गाउँमा खडा भएका भनिएका स्थानीय सरकार अहिले जनतामाथि राम्रो सेवा प्रवाह भन्दा पनि मोज मस्तीको रूपमा स्थानीय सत्तालाई उपभोग गर्न थालेका छन् ।

सप्तरीको अधिकांस स्थानिय तहहरुमा पालिकाको स्रोत दुरुपयोग भईरहेको छ । स्थानीय तहहरुले भ्रष्टाचार गर्न संजालनै बनाएको पाईन्छ । यस जिल्लामा रहेको सरोकारवालाहरुको पनि साथ र सहयोग रहेको देख्न र बुझन सकिन्छ ।

जिल्लाको स्थानिय तहहरुमा यति बेला निमित्तको भरमा गाँउका सिंहदरवार चल्दै आएको छ । निमित्त हाकिमले वडा देखी मन्त्रालय सम्म कमिसन बुझाएर आफ्नो निमित्त पद जोगाएका हुन्छन ।

कमाउ धन्धामा लागेका निमित्त सफाई अमियान संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले चलाई सकेको छ । केही जनप्रतिनिधीहरुले बढी कमिशन पाउने लोभमा निमित्तको पद् बचाउन पैसाको पोको बोकेर मन्त्रालय धाईरहेका छन ।

जिल्लाको कंचनरुप, बोदेवरसाईन, हनुमाननगर, शम्भुनाथ नगरपालिकाहरु अहिले निमित्तकै भरमा चलिरहेको छ । यहाँबाट मन्त्रालयको कर्मचारी सम्मलाई कमिसन गईरहेको नगरपालिका कर्मचारी स्रोत जनाएको छ ।

राजविराज नगरपालिका लथालिङ्ग

राजविराज नगरपालिकाका तात्कालीन प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनु सरुवा भई गत फागुन ५ गते नै अन्यत्र गइसके पछि राजविराज नगरपालिका लथालिङ्ग बनेको छ ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत नआउँदा कार्यालय सञ्चालन समेत अलपत्र परेको छ । जनप्रतिनिधीहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत ल्याउने समेत निर्णय गरेर पैसाको पोको बोकेर मन्त्रालय धाइरहेको छ ।

राजविराज नगर कार्यपालिको निर्णयबाट नगरपालिकामै कार्यरत मनोज कुमार यादवलाई निमित्त बनाएर ल्याउने निर्णय भएपनि मन्त्रालयले मानेका छैन । जनप्रतिनिधीको यस्तो निर्णयले राजविराज नगरपालिका अस्तव्यस्त बनेका छन ।

को हुन मनोज र किन निमित्त बन्न चाहन्छ ….?

मनोज कुमार यादव राजविराज नगरपालिकामा कार्यरत सातौ तहका अधिकृत हुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको विस्वासपात्र मानिने यादव मंसिर ४ को चुनाबमा उपेन्द्रको दुत भएर काम गरेका थिए ।

उनलाई निर्वाचन आयोगले स्पष्टीकरण समेत सोधेको थियो । नगरपालिको स्रोत द्ुरुपयोग गर्ने माहिर रहेका यादवले नगरमा खरिद हुने औषधी समेत आफ्नो बुवाको नामबाट रहेको जगदिश फार्मेशी एण्ड सप्लायर्सको नाम खरिद गरेको देखिन्छ ।


झण्डै १९ लाख ९८ हजार ७ सय ६२ रुपैयाँ बराबरको औषधी खरिद गरि भ्रष्टाचार भएको नगरपालिकाद्वारा गठन गरिएको छानबिन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यादवले फार्मेसी आफुहरुकै रहेको स्वीकारेका छन ।

सडक बोडबाट आएको करोडौं रकम उनले आफ्नो विस्वास पात्र उपभोक्ता र कम्पनी संग सम्झौता गरेर गैर कानूनीरुपले अफ्नो अनुकुल कामहरु गरेका छन । यसमा निलम्बित मेयर भिमराज यादवको पनि संग्लनता रहेका कारण उनले मनोजलाई निमित्त बनाएर सडक बोर्डबाट भएका कामहरुको भुक्तानी लिने मनसाय रहेको कर्मचारी स्रोतले बतायो । मनोज यादवले सडक बोर्डवाट ५ करोड रुपैयाँको काम भइसकेको र त्यसको भुक्तानिको लागि पहल भईरहेको बताए ।

अहिले राजविराज नगरपालिकाको राजनीतिक नेतृत्व समेत कार्यवाहककै भरमा चलेको छ । निर्वाचित हुनुअघिको एक मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाचित नगर प्रमुख भिमराज यादव विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनी निलम्बनमा परेसँगै नगरपालिका पनि कार्यवाहककै भरमा चलिरहेको हो ।

बोदे बरसाईनमा पनि अख्तियारको दर्जनौ पत्र

स्थानीय प्रतिनिधिले स्थानीय जनताको सेवा प्रवाह र दायित्व निर्वाह गर्नेमा भन्दा सेवा सुविधा भोग गर्ने र ५ वर्षे कार्यकाल आरामका साथ बिताउने मनस्थितिमा लागेको प्रष्टै बुझ्न सकिन्छ ।


स्थानीय सरकार एवं त्यहाँ कार्यरत जनप्रतिनिधि र कर्मचारीले उही पुरानै केन्द्रीकृत शैलीको शासनलाई निरन्तरता दिन खोजेको देखिन्छ । स्थानीय सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र कार्यरत कर्मचारीहरू स्थानीय तहको दीर्घकालीन विकास र आमूल परिवर्तन भन्दा पनि अख्तियारको चरम दुरुपयोग गरी नीतिगत र संस्थागत भ्रष्टाचारमा लागेको कुरा अलिकति सचेततापूर्वक स्थानीय सरकारका गतिविधिलाई अध्ययन गरेको जोकोहीले छर्लङ्ग देख्न सक्छ ।

स्थानीय तहका लागि आवश्यक बिभिन्न सामग्री खरिद समितिमा बस्न, त्यसभित्रका अन्य सरकारी संस्थामा दरबन्दी वा कार्य जिम्मेवारी हुँदाहुँदै पनि स्थानीय तह (गाउँ र नगर कार्यालय) नछोड्न मरिहत्ते गर्ने र स्टोरकिपर तथा खरिद कार्यको भूमिकामा बस्नका लागि हुने रुवाबासीले यो कुराको पूरा पुष्टि गर्दछ । यसै विषय बस्तुमा केन्द्रीत रहेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोदे बरसाईन नगरपालिकालाई भ्रष्टाचार छानविन गर्न दर्जनौ पत्रहरु पठाएको छ । बोदे बरसाईन नगरपालिका वडा नम्बर ३ र वडा नम्बर ९ मा एउटै सडकमा दोहरो बजेट प्रयोग गरेर पटक–पटक गरी करोडौं भ्रष्टाचार भएको उजुरीहरु परेको आधारमा छानविनलाई अगाडि निरन्तरता दिईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सबै स्थानियतह उस्तै

सप्तरी जिल्लामा रहेका १८ वटा स्थानिय तह मध्ये अधिकांस स्थानितहरुमा भ्रष्ट्राचार गर्ने संजाल नै बनाएको छ । समाचार एजेन्सीहरुका अनुसार जिल्लाको कंचनरुप नगरपालिकामा सबैभन्दा बढी कमिसनको चलखेल भईरहेको छ, भने शम्भुनाथ नगरपालिकामा भ्रष्टाचारीको मतियार बनेको भन्दै पालिका प्रमुखनै निलम्बनमा परि सकेको छ । माई सञ्‍चार अनलाईन बाट

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

मधेस आन्दोलनको समीक्षा: उपलब्धी भए पनि लक्ष्य अधुरै

मधेस आन्दोलनको समीक्षा: उपलब्धी भए पनि लक्ष्य अधुरै

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

काठमाडौं महानगर र बिकास बोर्डको आयोजनामा ३० दिने फोटोग्राफी तालिम सम्पन्न

काठमाडौं महानगर र बिकास बोर्डको आयोजनामा ३० दिने फोटोग्राफी तालिम सम्पन्न

गृहमन्त्री र हिन्दू सम्राट सेनाबीच १९ बुँदे समझदारी, सबै आन्दोलन फिर्ता

गृहमन्त्री र हिन्दू सम्राट सेनाबीच १९ बुँदे समझदारी, सबै आन्दोलन फिर्ता

धनुषाको जनकनन्दिनी गाउँपालिकामा जसपाको अग्रता

कांग्रेसको सम्भावित बिभाजन रोक्न तेस्रो धारको प्रयास, साउन २० गते राष्ट्रिय भेला

सुन चाँदी दुबैको घटयो मुल्य

सुन चाँदी दुबैको घटयो मुल्य

बर्षायाममा झिंगा किराले दुःख दिए, उसाे भए तीन घरेलु तरिकाले भगाउनु होस

बर्षायाममा झिंगा किराले दुःख दिए, उसाे भए तीन घरेलु तरिकाले भगाउनु होस

कियारा बाेलिन ‘टक्सिक’मा दिइएको ‘बोल्ड सिन’ बारेमा

कियारा बाेलिन ‘टक्सिक’मा दिइएको ‘बोल्ड सिन’ बारेमा

रश्मिका मन्डना भइन् घाइते, ६ हप्ता लामो ‘बेड रेस्ट’ ले रोकियो सुटिङ

रश्मिका मन्डना भइन् घाइते, ६ हप्ता लामो ‘बेड रेस्ट’ ले रोकियो सुटिङ

शाहरूखको ‘किङ्ग’ को संगित ५० करोड भाउ, बलिउडकै सबैभन्दा महंगो

शाहरूखको ‘किङ्ग’ को संगित ५० करोड भाउ, बलिउडकै सबैभन्दा महंगो

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!