जनकपुरधाम/चैत १६ गते । रामनवमीको अवसरमा हिन्दू सम्राट सेनाले आज जनकपुरधाममा घरेलु ह तियार तल वारसहित शक्ति प्रदर्शन गरेको छ ।

धनुषाको लक्ष्मीनिया गाउपालिकाबाट हिन्दू सम्राट सेनाका यूवाहरुले प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनमा भगुवा रंगको लुगामा सजिएका सयौं यूवा सहभागी बने । तलवार समेत प्रदर्शन गर्दै उनीहरु जनकपुरधामको परिक्रमा गरेका छन् ।

जय श्रीराम, हिन्दू राष्ट्र कायम गर जस्ता नारा समेत प्रदर्शनमा सहभागी यूवाहरुले लगाएका थिए । हिन्दू धर्मको संरक्षणका लागि ’हिन्दू सम्राट सेना’ बनेको प्रदर्शनमा सहभागी एक यूवकले बताए ।

रामनवमीको अवसरमा आज मधेशका जिल्लाहरुमा हिन्दूवादी संघ संस्थाहरुले शोभायात्रा निकालेको छ । रामनवमी मनाउन मधेस सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।-नेपाल प्रेस बाट
Discussion about this post