सप्तरी/चैत १५ गते। सप्तरीमा काम गरेवापतको ज्याला माग्दा निर्घात कु टपिट भएको छ ।
सोमबार राति करिब साढे ९ बजेको समयमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. ६ बस्ने २७ वर्षीय सन्तोष कुमार रजकले स्थानीय गंगा सुतिहारसँग घरमा काम गरे बापतको ज्याला मागेको विषयलाई लिएर कु टपिट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कु टपिट हुँदा सन्तोष कुमार रजकको टाउकोमा चोट लागरेको तथा छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता नरेशकुमार सिंहले जानकारी दिनुभयाे ।
यता कु टपिट गर्नेको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Discussion about this post