सप्तरी/चैत ८ गते। सप्तरीमा करेन्ट लागेर एक महिलाको मृ त्यु भएको छ ।
सप्तरी महादेवा गाउँपालिका-४ डाडाटोलकी ५० वर्षीया अमिना खातुनको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
डिएसपी सिंहका अनुसार आज बिहान ९ बजे आफ्नो घरको शौचालय छेउमा थुपारी राखेको जस्तापत्ता एक ठाउँबाट अर्को ठाउँमा सार्ने क्रममा विद्युतको पोलमा प्रसारण भएको बिजुलीको नाङगो तारमा छोई करेन्ट लागेको थियो ।
करेन्ट लागेर सिकिस्त भएकी उनको भारदह अस्पताल सप्तरीमा उपचारको क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ ।















Discussion about this post