सप्तरी/चैत ३ गते । सप्तरीमा पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने रुपनि गाउँपालिका ६ जगमोहनस्थित आइतबार साँझ ट्रक र विङगर एक आसपामा ठोकिदा १४ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भिर छ ।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना.४ख. २६०८ नं. को ट्रक र विपरित दिशातर्फ आउदै गरेको बा.०१–०२८च.२२१५ नम्बरको विङगर एक आपसमा ठोकिएको हो ।
सो दुर्घटनामा घाइते हुनेहरुमा विङगर चालक सिरहा २४ मनहरबा बस्ने दिलिप कुमार राम, सोही जिल्ला सुखिपुर राकेश प्रसाद साह, उनको श्रीमती पिंकी कुमारी साह, ५ वर्षिय छोरा युमान साह, साली शितल कुमारी साह, लहान १ बस्ने गणेश साह, ६ वर्षिय छोरा अवास साह, रमेश कुमार साह,निजको श्रीमती मुनि देवि साह, पर्सा बिरगंज ३ बस्ने राकेश कुमार गुप्ता, निजको श्रीमती अभा देवी गुप्ता, भारतको सितागढी बस्ने रोशन साह, लहान ८ सुखिपुर बस्ने उमेश साहकी छोरी आरती कुमारि साह, राकेश साहको छोरा ८ वर्षिय छोरा आरभ कुमार साह घाइते भएको प्रहरीले जनाएको ।
घाइते मध्ये आवास साह र रमेश कुमार साहको अवस्था गम्भिर रहेकोले थप उपचारका लागी बिराटनगरस्थित न्युरो अस्पताल लगिएको तथा अन्यहरुको युनिक अस्पताल रुपनीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्रक तथा चालक सुनसरी ईटहरी ११ सिमरवना निवासी बिसाल खा र विङगरलाई ईलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post