सप्तरी/फागुन १७ गते । सप्तरीको खडग नगरपालिका ४ पंसेरा वन क्षेत्रबाट अवैध रुपमा वनजंगल फडानी गरि काठ तस्करी गरिरहेको अवस्थामा एक जना प क्राउ परेका छन् ।
प क्राउ पर्नेमा सोही वडाका ४५ वर्षिय अशोक कुमार सदा रहेका छन् । काँधमा बोकेर सखुवाको काठ लिई जाँदै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको टोलीले सदालाई प क्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
सदाको साथबाट साखुको २५ क्युवि फिट काठ बरामद गरिएको उनले बताए । उक्त काठको ७० हजार रुँपैया मुल्याङ्कन गरिएको छ ।
बुधबार नै बरामद काठसहित सदालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय सप्तरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

















Discussion about this post