महोत्तरी/फाल्गुन ३ गते। महोत्तरीको गौशालामा एक नवविवाहित युवतिमाथि निर्घात कु टपिट भएको छ । मंगलबार गौशाला -५ निवासी ति युवतिलाई आफ्नो हालको श्रीमान , पहिलेको श्रीमान ,ससुरा र नन्द मिलेर कु टपिट गरेका छन् । बेहुलीलाई कु टपिट गरेको आरोपमा ससुरा प क्राउ परेका छन्।

१९ बर्षीया बेहुलीलाई श्रीमान, जेठाजु, ससुरा र नन्दले कु टपिट गरे मिलेर कु टपिट गरेको प्रहरीले जनाएको छ। कु टपिटमा संलग्न ससुरा रामचन्द्र साह प क्राउ परेका छन्। परिवारले मरणासन्न हुनेगरी कु टपिट गरेको सूचना पाएपछि प्रहरीले साहलाई प क्राउ गरेको हो।
गौशाला नगरपालिका वडा न.५ निवासी ससुरा रामचन्द्र साह , हालको श्रीमान शैलेन्द्र साह, नन्द तुलसी साह र पहिलाको श्रीमान लालेन्द्र साह गरि चारै जना मिलेर कु टपिट गरेको युवतिले आरोप लगाएकी छिन ।कु टपिटबाट युवतिको हात ,खुट्टा , टाउको र शरीरको विभिन्न भागको गम्भीर चोट लागेको छ ।

ति युवतिको दुइ दिन पहिला मात्र रामचन्द्र साहको कान्छो छोरा शैलेन्द्र साह सँग विवाह भएको हो । यस अघि बितेको असारमा जेठो छोरा लालेन्द्र साह सँग नै उनको विवाह भएको थियो सन्तान उत्पादनको इच्छा जेठो श्रीमान बाट नभएपछी ससुरा र देवर (हालको श्रीमान) ले जबर्जस्ति शारीरिक सम्बन्ध राख्दै आएका थिए ।
शारीरिक सम्बन्धको दबाव सहन नसकेपछी ति युवतीले केहि अगाडी इलाका प्रहरी कार्यालय गौशाला उजुरी दिएकी थिईन । त्यसपछी २ दिन अगाडी मात्र उनको विवाह फेरी लालेन्द्रको कान्छो भाई शैलेन्द्र भएको थियो ।
विवाह भएको २४ घण्टा नबित्दै आज फेरी नन्द , दुवै श्रीमान र ससुरा मिलेर युवतिलाई मरणासन्न हुनेगरि कु टपिट गरेका हुन् घटना लगत्तै पुगेको इलाका प्रहरी कार्यालयको टोलिले रामचन्द्र साहलाई प क्राउ गरेको छ । त्यस्तै युवतीको हालको श्रीमान शैलेन्द्र, नन्द तुलसी साह र लालेन्द्र फरार रहेकोले उनीहरुको खोजि कार्य तिब्र रुपमा भईरहेको प्रहरीले जनाएको छ ।
नन्द तुलसीको अनुसार आफ्नो जेठो दाइसंग विवाह भईसकेको भएता पनि फेरी युवतीले कान्छो भाईसँग विवाह गरेको निहुमा कु टपिट गरेको हो ।
पिडित युवतीले बिहे भएको दुइ घण्टा नाबित्दा नन्द आफुमाथि तथानाम गालि बेइज्जत गर्दै कुटपिट गरि घरबाट निकाला समेत गरेको बताइन ।














Discussion about this post