सप्तरी । चिसोले कठ्यांग्रिएर सप्तरीमा एकजनाको मृ त्यु भएको छ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका– ४ मुसहरी टोलका ४५ वर्षीय राजु भनिने देवु सदाको मृ त्यु भएको हो।
तिलाठी कोइलाडी ४ का वडाध्यक्ष मुनिलाल मुखियाका अनुसार राति खाना खाएर सुतेका उनको चिसोले कठ्यांग्रिएर मृ त्यु भएको हो ।
खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी बिहान मृ त भेटिएका हुन्। मृ तक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृ त्यु भइसकेको छ।

















Discussion about this post