पुस १५ गते । महोत्तरीमा एक युवकको श व फेला परेको छ । हिजो बिहान पिपरा गाउँपालिका ५ चाँदनी चोक स्थित जनकपुरधाम जलेश्वर सडक खण्डको उत्तर साईडको कल्भटमा जमेको पानिमा श व फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

करिब २५/३० बर्षको तराई मुलुकको जस्तो देखिने पुरूषको श व फेला परेको तथा श वलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको सूचना अधिकारी प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।














Discussion about this post