सप्तरी/पुस ५ गते। सप्तरीको रुपनीमा टिप्परको ठक्करबाट एक १२ वर्षीया किशोरीको मृ त्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनीमा टिप्परले ठक्कर दिँदा १२ वर्षीया रिताकुमारी यादवको मृ त्यु भएको हो।
घटनापछि मृ तक किशोरीका परिवार र आफन्तले राजमार्ग अवरुद्ध गरेका छन्। चक्काजामसहित प्रदर्शन बढेपछि अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।
राजमार्गमा नै किशोरीको श व राखेर उनका आफन्त र विद्यार्थीहरूले चक्काजाम नै गर्न थालेपछि भिडलाई तितरबितर पार्न र स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रुग्याँस, हवाई फायर र रबरको गोली समेत चलाउनु परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रबक्ता नरेशकुमार सिंहले जानकारी दिए ।
सोही अवरोधकै कारण पूर्व–पश्चिम राजमार्ग र राजविराजका केही सडक खण्ड अवरुद्ध भएका छन् भने राजमार्गमा सयौं सवारी साधन तथा हजारौं यात्रुहरु अलपत्र परेका छन ।

















Discussion about this post