nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश प्रदेशमा १८ पूर्वमन्त्रीको पराजय

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १७, २०७९, ९:५३ मध्यान्ह
मधेश प्रदेशमा १८ पूर्वमन्त्रीको पराजय

मंसिर १८ गते । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेश प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन् ।

कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय भएका छन् भने कतिपयलाई अघिल्ला प्रतिस्पर्धीबाट हार बेहोर्नुपरेको छ । सबैभन्दा बढी धनुषामा मात्रै ६ जना पूर्वमन्त्री पराजित भएका छन् ।

धनुषाको क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री मात्रिकाप्रसाद यादव अघिल्ला प्रतिस्पर्धी जनता समाजवादी पार्टीका नेता दीपक कार्कीसँग पराजित भएका छन् ।

गत २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट यादव २६ हजार चार सय १८ मत प्राप्त गरी विजयी हुँदा कार्की १७ हजार दुई सय ९६ मत प्राप्त गरेका थिए। यादव गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यस्तै धनुषा क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धामा रहेका तीन जना पूर्वमन्त्रीमध्ये पूर्वमन्त्री तथा कांग्रेस नेता रामकृष्ण यादव निर्वाचित भए भने पूर्वमन्त्री उमाशङ्कर अरगरिया र रामचन्द्र झा पराजित भएका छन् ।

गत २०७४ सालको निर्वाचनमा अरगरिया निर्वाचन हुँदा झा र यादव पराजित भएका थिए। धनुषा क्षेत्र नं ३ मा पूर्वमन्त्री तथा लोसपा नेता अनिलकुमार झा पराजित भएका छन् ।

पूर्वमन्त्री तथा नेकपा एमालेका नेत्री जुलीकुमारी महतोसँग झा पराजित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत प्याकुरेलका अनुसार महतोले ३३ हजार तीन सय ८८ मत प्राप्त गरे भने झाले २३ हजार ६ सय ८६ मत ल्याए । धनुषाको क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री तथा एमालेका सचिव रघुवीर महासेठ दोस्रोपटक विजयी हुँदा पूर्वमन्त्री तथा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव पराजित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार महासेठले यादवलाई एक सय ४२ मतान्तरले पराजित गरेका हुन् ।

महासेठले ३२ हजार दुई सय ३६ मत ल्याएर निर्वाचित हुदाँ यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरे । सोही क्षेत्रको प्रदेशसभामा चुनाव लडेका पूर्वराज्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता सत्रुधनप्रसाद महतो पनि एमालेका नेता हरिनारायण महतोसँग पराजित भएका छन् ।

धनुषामा ६ जना पूर्वमन्त्री पराजित हुँदा छिमेकी जिल्ला सिरहामा पनि चार जना पूर्वमन्त्रीले पराजय बेहोर्नुपरेको छ ।

सिरहा क्षेत्र नम्बर १ मा पूर्वमन्त्री तथा कांग्रेस नेता पदमनारायण चौधरी एमालेका रामशङ्कर यादवसँग पराजित भएका छन् । एमालेका यादवले २९ हजार चार सय ६२ मत प्राप्त गरी विजयी हुँदा चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गरे ।

सिरहा क्षेत्र नम्बर २ मा पूर्वमन्त्री तथा कांग्रेस नेत्री चित्रलेखा यादव पराजित भएका छन्। उनलाई पूर्वमन्त्री तथा जसपाका नेता राजकिशोर यादवले एक हजार एक सय ५० मतान्तरले पराजित गरेका हुन् । त्यहाँ जसपा नेता यादवले २४ हजार एक सय ७८ मत प्राप्त गर्दा कांग्रेस नेत्री यादवले २३ हजार २८ मत प्राप्त गरिन् ।

सिरहा क्षेत्र नम्बर ३ मा चुनावी मैदानमा उत्रिएका पूर्वमन्त्री तथा एमाले नेता लिलानाथ श्रेष्ठ निर्वाचित हुँदा अर्का पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता विश्वनाथ साह पराजित भए ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमाले नेता श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गर्दा माओवादी नेता साहले २६ हजार आठ सय ८२ मत ल्याए ।

सिरहा क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री धर्मनाथ साह पनि फराकिलो मतान्तरले पारजित भए। सो क्षेत्रमा जसपाबाट डा वीरेन्द्रप्रसाद महतो २३ हजार एक सय दुई मत ल्याएर विजयी भए भने तेस्रो स्थानमा रहेका पूर्वमन्त्री साहले १४ हजार ६ सय ५३ मत मात्र प्राप्त गरे ।

उम्मेदवारी दर्तादेखि मतगणनासम्म सर्वाधिक चासोका रुपमा रहेको सप्तरी क्षेत्र नम्बर २ मा पूर्वउपप्रधानमन्त्री तथा जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष डा सीके राउतसँग फराकिलो मतान्तरले पराजित भए।

जनमत अध्यक्ष डा राउतले ३५ हजार ४२ मत प्राप्त गरी विजयी हुँदा जसपा अध्यक्ष यादवले १६ हजार ९ सय ७९ मत ल्याएएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताए ।

सो क्षेत्रको प्रदेशसभा क्षेत्र नम्बर २ (२) मा चुनाव लडेका पूर्वमन्त्री तथा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेशकुमार यादव आफ्नै पूर्वसहकर्मीबाट पराजित भएका छन् ।

उम्मेदवारी मनोनयनपत्र दर्ताको पूर्वसन्ध्यामा नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराएका महेशप्रसाद यादवले पूर्वमन्त्री यादवलाई पराजित गरेका छन् ।

गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भई मन्त्रीसमेत भएका हेमराज तातेड यस पटकको प्रदेशसभा सदस्य निर्वाचनमा भने आफ्नो जमानतसमेत जोगाउन सकेन ।

कांग्रेसले टिकट नदिएपछि सप्तरी क्षेत्र नम्बर १ ९१० मा स्वतन्त्र उम्मेदवारी दिएका तातेडले जम्मा ९ सय ९२ मत मात्र प्राप्त गरे । सो क्षेत्रबाट एमालेका राजकुमार लेखी १४ हजार २ सय ९१ मत प्राप्त गरी विजयी भए ।

महोत्तरीमा पनि दुई जना पूर्वमन्त्री पराजित भएका छन् । महोत्तरी क्षेत्र नम्बर १ मा पटकपटक मन्त्री भएका माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल एक हजार ३० मतान्तरले अघिल्लो प्रतिस्पर्धीबाटै पराजित भए ।

एमालेका लक्ष्मी महतो कोइरी २३ हजार ४ सय २ मत ल्याएर विजयी हुँदा पूर्वमन्त्री पोखरेलले २२ हजार तीन सय २ मत प्राप्त गरे । गत २०७० र २०७४ सालका निर्वाचनमा पोखरेल सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव पनि पराजित भएका छन् । कांग्रेस नेता महेन्द्र राय महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित हुँदा पूर्वराज्यमन्त्री यादव चार हजार एक सय २४ मतान्तरले पराजित भएका छन् ।

राय २५ हजार चार सय २० मत ल्याएर निर्वाचित हुँदा जसपाका यादवले २१ हजार दुई सय ९६ मतमा सीमित भए। गत २०७४ सालको निर्वाचनमा यादवले रायलाई पाँच हजार मतान्तरले पराजित गरेका थिए ।

गत २०७४ सालको निर्वाचनमा निर्वाचित धनुषा क्षेत्र नम्बर ३ छाडेर सर्लाही क्षेत्र नम्बर २ बाट चुनाव लडेका पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पनि पराजित भएका छन् ।

माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा महतो दुई हजार ११ मतान्तरले पराजित भएका हुन् । महेन्द्र रायले २३ हजार पाँच सय २९ मत ल्याएर विजयी हुँदा महतो २१ हजार पाँच सय १८ मतमा सीमित भए ।

यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि तत्कालीन सर्लाही क्षेत्र नम्बर ५ मा महतो महेन्द्र राय यादवसँगै पराजित भएका थिए । गत २०७४ सालको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गरेर महतो सांसद भएका थिए ।

वर्तमान सरकारको खानेपानीमन्त्री तथा कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी बारा क्षेत्र नम्बर १ मा पराजित भएका छन् । जहाँ एमालेका अच्युतप्रसाद मैनाली ३९ हजार एक सय ९५ मत ल्याएर विजयी भए । मन्त्री चौधरीले भने ३० हजार ५६ मत मात्र प्राप्त गरे ।

पूर्वमन्त्री तथा एमाले नेता एकबाल मियाँ बारा क्षेत्र नम्बर ४ मा नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठसँग पराजित भएका छन् ।

श्रेष्ठले ३० हजार तीन सय ४१ मत ल्याएर विजयी हुदाँ पूर्वमन्त्री मियाँ भने २० हजार तीन सय ३६ मतमा सीमित भए ।

यस्तै पूर्वमन्त्री तथा कांग्रेस नेता सुरेन्द्रप्रसाद चौधरी पर्सा क्षेत्र नम्बर ३ मा एमालेका राजकुमार गुप्तासँग पराजित भएका छन् । निर्वाचित एमालेका गुप्ताले २४ हजार तीन सय १९ मत ल्याए भने चौधरीले २४ हजार एक सय ५२ मत मात्र ।

चुनाव जितेर गएपछि नेताहरु जनतासँग गरेको वाचा बिर्सिने, नातावाद, कृपावादमा रमाउने, विकास निर्माणमा ध्यान नदिने र सत्ता लिप्सामा लाग्ने गरेकाले सत्ता भोग गरिसकेका नेतालाई यसपटकको निर्वाचनमा मतदाताले पाखा लगाएको स्थानीय बुद्धिजीवीको भनाइ छ ।

“चुनावका बेला मतदातालाई लोभ्याउन ठूला ठूला नारा दिने तर निर्वाचित भएपछि नेता बिर्सिने गरेका छन्”, राजविराज नगरपालिकाका स्थानीयवासी विजयानन्द झाले भने, “त्यसैको परिणामस्वरुप अहिले ठूला ठूला नेताहरूलाई मतदाताले अस्वीकार गरेको देखिन्छ ।”

अब पनि नेताहरू नसुध्रिए उनीहरूका लागि आगामी चुनावमा झन् असहज हुने उनको कथन छ ।

यता यसरी चुनाव हारेका अधिकतर पूर्वमन्त्रीले पार्टी र गठबन्धनभित्रको घातरअन्तरघातका कारण पराजय भएको दाबी गरेका छन् ।

“अन्य कारणभन्दा पनि पार्टी र गठबन्धन दलभित्रको घात अन्तरघातका कारण जित्ने चुनाव पनि हारेको छु”, माओवादी नेता तथा सिरहा क्षेत्र नम्बर ३ मा पराजित विश्वनाथ साहले भने, “हाम्रो क्षेत्रमा गठबन्धनका मत बढी छ, त्यो जितका लागि पर्याप्त नै हो तर गठबन्धनमा आबद्ध दलका नेताको असहयोग र घातरअन्तरघातले चुनाव गुमाए।”

‘यसको विषयमा हामी गम्भीर समीक्षा गर्छौं’, उनले भने।नेपालखबर

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!