nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

उपेन्द्रको दुखेसो सहितको चेतावनी ‘हस्तक्षेप स्वीकार हुँदैन’

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ११, २०७९, ८:१७ मध्यान्ह
उपेन्द्रको दुखेसो सहितको चेतावनी ‘हस्तक्षेप स्वीकार हुँदैन’

मंसिर ११ गते। प्रतिनिधि सभासदस्यमा सप्तरी जिल्लाबाट पराजित भएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दुखेसो सहितका चेतावनी दिएका छन् ।

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा आफूलाई पराजित गर्नकालागि आन्तरिक र बाह्य षडयन्त्र भएको सुइको आपूmले पाएको बताउँदै अध्यक्ष यादवले कुनै खाले हस्तक्षेप स्वीकार नहुने उनले चेतावनी दिएका छन् । चुनाव परिणाम सार्वजनिक भएपछि पहिलो पटक शनिवार जारी गरेको प्रेस नोटमा उनले भनेका छन् – ‘चुनावको परिणाम रहस्यमयी रहे पनि जनताको निर्णयको सम्मान गर्छु् ।

‘बहिष्करणमा पारिएका जनसमुदायहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, न्याय लगायतका आधारभूत आवश्यकताप्रति हामी सुरुदेखि नै प्रतिबद्ध थियौँ, छौँ र रहने छौँ ’ उनले भने, अबको प्रयास भनेको प्राप्त उपलब्धिहरूको संरक्षण र बाँकीको लागि सङ्घर्षगर्दै आर्थिक उन्नति मार्फत समतामूलक विकासकै लागि हो । मधेश प्रदेशमा मधेश विश्वविद्यालय, मधेश प्रदेश कृषि विश्वविद्यालय, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ कलेज र ईन्जिनियरिङ कलेज, सडक सञ्जाल, शिक्षामा छात्राहरूको पहुँच लगायतका प्रयासहरू यसै उद्देश्य पूर्तिको पूर्वाधारहरू पूरा भइसकेको वा हुने क्रममा रहेको उनले बताए । ।

‘राज्यको दोहोरो चरित्रको विरुद्धमा एउटा लडाई अपरिहार्य रहेको छ ’ उनले भने, संविधान त्रुटिपूर्ण रहेकाले संविधानमा असमानताहरू रहेको र अझै पनि सङ्घीयता वास्तविक रूपमा सङ्घीयता जस्तो हुन सकेको छैन् । तत्कालीन मधेशी जनाधिकार फोरमको नेतृत्वमा ऐतिहासिक मधेश जनविद्रोह गरेको स्मरण गर्दै मधेशी जनाधिकार फोरमको अध्यक्षको हैसियतले मैले नेतृत्व गरेको मधेश जनविद्रोह सफलतापूर्वक अगाडि बढेको बताए ।

संविधानसभा भित्र र बाहिर रहेर देशको सम्पूर्ण वर्ग र समुदायले स्वामित्व ग्रहण गर्ने संविधान जारी गर्न हामी अन्तिम समयसम्म पनि सङ्घर्ष जारी राखेको बताए । ‘त्यही सङ्घर्षको उपलब्धि स्वरूप आज यतिसम्मको संविधान बन्न सक्यो । नत्र यो पनि सम्भव थिएन ।’ अध्यक्ष यादवले भने, आज सङ्घीयता, गणतन्त्र, समावेशिता, मौलिक हक र सामाजिक न्याय जस्ता उपलब्धिहरू ऐतिहासिक मधेश जनविद्रोहकै देन हो । ‘प्रदेशलाई अधिकार सम्पन्न र बलियो बनाउन सकिएको छैन’ उनले भने, हरेक समुदायले जनसंख्याको आधारमा प्रतिनिधित्व गर्न पाउने अधिकार सुनिश्चित भइसकेको छैन । ‘यस संविधानले विभिन्न राष्ट्रियताहरू जातीय समुदायहरूको पहिचानलाई सम्बोधन गर्न सकेको छैन ’ उनले भने, बहुभाषिक नीतिलाई राम्ररी अवलम्बन गरी अभ्यासमा ल्याउन सकेको छैन । यस संविधानले अझै पनि गलत शासकीय स्वरूपलाई अङ्गालेको छ । विकृतिमूलक निर्वाचन प्रणाली अपनाएको छ । स्वतन्त्र न्यायालय भए तापनि न्यायालयसम्म सबै नागरिकको पहुँच हुने गरी संरचना बनाउन सकिएको छैन । जसले गर्दा न्याय पाउने आधारभूत अधिकारबाट आज पनि लाखौँ जनता वञ्चित हुनुपरेको छ । त्यसैले संविधान संशोधन र परिवर्तनको लागि हामी अझै पनि सङ्घर्षरत छौँ ।’ अध्यक्ष यादवले मुलुकमा बहुदलीय व्यवस्था आइसक्दा पनि मधेशी, आदिवासी जनजाति, दलित, थारु, मुस्लिम लगायतका सीमान्तकृत समुदायहरू या बहिष्करणमा पारिएका समुदायहरूको पहिचान, अधिकार, प्रतिनिधित्व, समावेशिता लगायतका सवालहरू सम्बोधन हुन नसकेको बताएका छन् । उनले भने–‘मधेशीहरुलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरिँदै थियो ।

मधेशी समुदायलाई विदेशी, मदिसे, धोती, बिहारी जस्ता अपमानजनक शब्दहरू प्रयोग गरी सम्बोधन गर्ने कार्यहरू हुँदै थियो । उनीहरू अपमानित र अपहेलित जीवन बिताउन बाध्य थिए ।’ अध्यक्ष यादवले यस निर्वाचनको नतिजाले हाम्रो सङ्घर्ष यात्रालाई कुनै असर नपार्ने टिप्पणी गर्दै एक इन्च पनि तलमाथि नभईकन जनताको म्यान्डेट अनुसार हामी हाम्रो मिसनमा लागिरहने बताए । उनले विगतको समीक्षा गर्दै झन् सशक्त भएर लाग्ने बताएका छन् ।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि