nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

उपेन्द्रको दुखेसो सहितको चेतावनी ‘हस्तक्षेप स्वीकार हुँदैन’

सजिलो पोस्ट सजिलो पोस्ट
२०७९ मंसिर ११, आईतवार २०:१७
उपेन्द्रको दुखेसो सहितको चेतावनी ‘हस्तक्षेप स्वीकार हुँदैन’

मंसिर ११ गते। प्रतिनिधि सभासदस्यमा सप्तरी जिल्लाबाट पराजित भएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दुखेसो सहितका चेतावनी दिएका छन् ।

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा आफूलाई पराजित गर्नकालागि आन्तरिक र बाह्य षडयन्त्र भएको सुइको आपूmले पाएको बताउँदै अध्यक्ष यादवले कुनै खाले हस्तक्षेप स्वीकार नहुने उनले चेतावनी दिएका छन् । चुनाव परिणाम सार्वजनिक भएपछि पहिलो पटक शनिवार जारी गरेको प्रेस नोटमा उनले भनेका छन् – ‘चुनावको परिणाम रहस्यमयी रहे पनि जनताको निर्णयको सम्मान गर्छु् ।

‘बहिष्करणमा पारिएका जनसमुदायहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, न्याय लगायतका आधारभूत आवश्यकताप्रति हामी सुरुदेखि नै प्रतिबद्ध थियौँ, छौँ र रहने छौँ ’ उनले भने, अबको प्रयास भनेको प्राप्त उपलब्धिहरूको संरक्षण र बाँकीको लागि सङ्घर्षगर्दै आर्थिक उन्नति मार्फत समतामूलक विकासकै लागि हो । मधेश प्रदेशमा मधेश विश्वविद्यालय, मधेश प्रदेश कृषि विश्वविद्यालय, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ कलेज र ईन्जिनियरिङ कलेज, सडक सञ्जाल, शिक्षामा छात्राहरूको पहुँच लगायतका प्रयासहरू यसै उद्देश्य पूर्तिको पूर्वाधारहरू पूरा भइसकेको वा हुने क्रममा रहेको उनले बताए । ।

‘राज्यको दोहोरो चरित्रको विरुद्धमा एउटा लडाई अपरिहार्य रहेको छ ’ उनले भने, संविधान त्रुटिपूर्ण रहेकाले संविधानमा असमानताहरू रहेको र अझै पनि सङ्घीयता वास्तविक रूपमा सङ्घीयता जस्तो हुन सकेको छैन् । तत्कालीन मधेशी जनाधिकार फोरमको नेतृत्वमा ऐतिहासिक मधेश जनविद्रोह गरेको स्मरण गर्दै मधेशी जनाधिकार फोरमको अध्यक्षको हैसियतले मैले नेतृत्व गरेको मधेश जनविद्रोह सफलतापूर्वक अगाडि बढेको बताए ।

संविधानसभा भित्र र बाहिर रहेर देशको सम्पूर्ण वर्ग र समुदायले स्वामित्व ग्रहण गर्ने संविधान जारी गर्न हामी अन्तिम समयसम्म पनि सङ्घर्ष जारी राखेको बताए । ‘त्यही सङ्घर्षको उपलब्धि स्वरूप आज यतिसम्मको संविधान बन्न सक्यो । नत्र यो पनि सम्भव थिएन ।’ अध्यक्ष यादवले भने, आज सङ्घीयता, गणतन्त्र, समावेशिता, मौलिक हक र सामाजिक न्याय जस्ता उपलब्धिहरू ऐतिहासिक मधेश जनविद्रोहकै देन हो । ‘प्रदेशलाई अधिकार सम्पन्न र बलियो बनाउन सकिएको छैन’ उनले भने, हरेक समुदायले जनसंख्याको आधारमा प्रतिनिधित्व गर्न पाउने अधिकार सुनिश्चित भइसकेको छैन । ‘यस संविधानले विभिन्न राष्ट्रियताहरू जातीय समुदायहरूको पहिचानलाई सम्बोधन गर्न सकेको छैन ’ उनले भने, बहुभाषिक नीतिलाई राम्ररी अवलम्बन गरी अभ्यासमा ल्याउन सकेको छैन । यस संविधानले अझै पनि गलत शासकीय स्वरूपलाई अङ्गालेको छ । विकृतिमूलक निर्वाचन प्रणाली अपनाएको छ । स्वतन्त्र न्यायालय भए तापनि न्यायालयसम्म सबै नागरिकको पहुँच हुने गरी संरचना बनाउन सकिएको छैन । जसले गर्दा न्याय पाउने आधारभूत अधिकारबाट आज पनि लाखौँ जनता वञ्चित हुनुपरेको छ । त्यसैले संविधान संशोधन र परिवर्तनको लागि हामी अझै पनि सङ्घर्षरत छौँ ।’ अध्यक्ष यादवले मुलुकमा बहुदलीय व्यवस्था आइसक्दा पनि मधेशी, आदिवासी जनजाति, दलित, थारु, मुस्लिम लगायतका सीमान्तकृत समुदायहरू या बहिष्करणमा पारिएका समुदायहरूको पहिचान, अधिकार, प्रतिनिधित्व, समावेशिता लगायतका सवालहरू सम्बोधन हुन नसकेको बताएका छन् । उनले भने–‘मधेशीहरुलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरिँदै थियो ।

मधेशी समुदायलाई विदेशी, मदिसे, धोती, बिहारी जस्ता अपमानजनक शब्दहरू प्रयोग गरी सम्बोधन गर्ने कार्यहरू हुँदै थियो । उनीहरू अपमानित र अपहेलित जीवन बिताउन बाध्य थिए ।’ अध्यक्ष यादवले यस निर्वाचनको नतिजाले हाम्रो सङ्घर्ष यात्रालाई कुनै असर नपार्ने टिप्पणी गर्दै एक इन्च पनि तलमाथि नभईकन जनताको म्यान्डेट अनुसार हामी हाम्रो मिसनमा लागिरहने बताए । उनले विगतको समीक्षा गर्दै झन् सशक्त भएर लाग्ने बताएका छन् ।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

मधेस प्रदेश : सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा मलपोतबाट ८ जना बिचौलिया प क्राउ

मधेस प्रदेश : सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा मलपोतबाट ८ जना बिचौलिया प क्राउ

दुख दिने बैंकको नाम र म्यानेजरको नम्बर जानकारी गराउन उद्योग वाणिज्य महासंघका उपाध्यक्षको अनुरोध

दुख दिने बैंकको नाम र म्यानेजरको नम्बर जानकारी गराउन उद्योग वाणिज्य महासंघका उपाध्यक्षको अनुरोध

सहमतिमै शा रीरिक सम्बन्ध राख्दा केटाले लुकाएर बनाएकाे भिडिओ ब्रेकअप भएपछि साथीहरूलाई पठाइदिएपछि

सहमतिमै शा रीरिक सम्बन्ध राख्दा केटाले लुकाएर बनाएकाे भिडिओ ब्रेकअप भएपछि साथीहरूलाई पठाइदिएपछि

लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन : डेपुटी गभर्नर ढुंगाना

लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन : डेपुटी गभर्नर ढुंगाना

सिरहाबाट ब्राउन सुगरसहित १० जना प क्राउ

सिरहाबाट ब्राउन सुगरसहित १० जना प क्राउ

ग्लोबल आईएमई लघुवित्तको साथले उकासिएको अञ्जुको जीवनस्तर

ग्लोबल आईएमई लघुवित्तको साथले उकासिएको अञ्जुको जीवनस्तर

धनुषामा हिरासत कक्षको कमजोर भित्ता फोडेर ६ जना थुनुवा फ रार

धनुषामा हिरासत कक्षको कमजोर भित्ता फोडेर ६ जना थुनुवा फ रार

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

महोत्तरीमा शनिबार हराएकी बालिका पोखरीमा मृ त फेला

रविले पुनः पाए नेपाली नागरिकता

रविले पुनः पाए नेपाली नागरिकता

लघुवित्तबाट लिएको ऋण तिर्न नसकेर आ त्मह त्या गरेका सप्तरीको रामदेब मरिकको ऋण पालिकाका जनप्रतिनिधिले तिरिदिने

लघुवित्तबाट लिएको ऋण तिर्न नसकेर आ त्मह त्या गरेका सप्तरीको रामदेब मरिकको ऋण पालिकाका जनप्रतिनिधिले तिरिदिने

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

प्रोटेक मिडिया प्रा.लि. द्वारा संचालित
सजिलोपोस्ट डटकम अनलाइन
केन्द्रिय कार्यालय:बर्दिबास, महोत्तरी
सम्पर्क कार्यालय:
कदम चोक,जनकपुर,धनुषा

सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com

प्रधान सम्पादक:-संगीता साह
सम्पर्क नं.:९८६२५४४३८८
समाचार सम्पादक :-नवीन गोसाई
डेस्क :-संजिप साह
सम्पर्क नं.:९८८५१९२४४९
मार्केटिङ :संजिप साह
सम्पर्क नं.:९८००८०३३९८

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि